आजै सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं, ११ चैत । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको छ । एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको थियो ।

चाँदीको भाउ पनि एकैदिन तोलामा ४१५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्