इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी

काठमाडौं, ११ चैत । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्