कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौं, ११ चैत। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले हिजो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आज आफ्ना धारणा राख्ने जानकारी दिए ।
हिजोको बैठकमा पार्टी सभापति गगनकुमार थापाले आफ्नो मन्तव्य राख्दै बैठक प्रारम्भ गरेपछि महामन्त्री प्रदीप पौडेलले ११ बुँदामा बैठकका एजेण्डा प्रस्तुत गरेका थिए ।
ती एजेण्डाहरुमा हिजो २८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । हिजो डा। गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमलाले धारणा राखेका थिए ।
यसैगरी दिपनकुमार श्रेष्ठ, बसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनारले पनि धारणा राखिसकेका छन् ।
यसैगरी सूर्यबहादुर वि।क।, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह, प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव ९मधेश० र ईन्द्रबहादुर बानियाँ ९बागमती० ले पनि आ–आफ्नो धारणा हिजो नै राखिसकेका छन् ।














प्रतिक्रिया दिनुहोस्