क्रान्तिकारी माओवादीको टिपण्णी-सरकार फाँसिवाद तर्फ उन्मुख
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले वर्तमान सरकार फासिवाद तर्फ उन्मुख भएको आरोप लगाएका छ । महासचिव मोहन बैद्य (किरण) द्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकार फासिवाद तर्फ उन्मुख भएको प्रष्ट भएकाे उल्लेख छ ।
आज जारी गरेको विज्ञप्तीमा सरकारले जनजीविकाका समस्या समाधान नगरेको र त्यसका लागि आन्दोलन गर्न पाउने हकवाट समेत जनतलाई बन्चित गर्न उद्दत ररेको उल्लेख छ । जनताको बिरोध गर्न पाउने हकलाई निषेध गर्ने सबै विधेयक र कानुन खारेज गर्न उनले माग गरेका छन् ।
विज्ञप्तीमा सरकारका जनविरोधि गतिविधि बिरुद्ध सशक्त आवाज उठाउन र आन्दोलनमा जान देशभक्त, जनवादी र वामपन्थी शक्तिलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्