काठमाडौंनं ७ मा वामगठबन्धन अतालीन थाले , स्वतन्त्र उमेदवार लामाको जित लगभग निश्चित

काठमाडौं । निमा फिन्जो लामा बाम आन्दोलनका विशिष्ठ र कर्मठ योद्धा निर्मल लामाका सुपुत्र हुन् । यतिखेर उनि काठमाडौं क्षेत्र नं। ७ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट चुनावी मैदानमा छन् । लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि क्षेत्र नं ७ को राजनीतिक माहोललाई तरंगित बनाएकोछ ।
बाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर प्रदेशसभामा ९१० मा वसन्त मानन्धर र ९२० मा प्रकाश श्रेष्ठ छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा राप्रपाका केन्द्रीय सदस्य बिक्रमबहादुर थापा रहेका छन। उनी महिला, बालबालिका तथा समाजकल्याणमन्त्री समेत हुन। प्रदेशसभाका दुबै उम्मेदवार नेपाली काँग्रेसकातर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल रहेका छन् । ।
प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवार दिएको भए पनि बाम आन्दोलनका विशिष्ठ नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उनका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि क्षेत्र नं ७ को राजनीतिक माहोल तरंगित भएको छ ।
स्वतन्त्र उम्मेदवार लामा यस क्षेत्रमा गठबन्धनका तर्फ बाट प्रतिनिधिसभाका सदस्यका लागि रामविर मानन्धर र लोकतन्त्रिक गठबन्धनका विक्रम बहादुर थापालाई पराजित गर्न चुनावी मैदानमा उत्रेपछि राजनीतिमा यस्तो तरंग आएको हो ।
एक कर्मठ र चर्चित कम्युनिष्ट आन्दोलनका योद्धाका पुत्र स्वतन्त्रबाट उमेद्वार दिए पछि वामगठबनधनको मत उनको कलम चिन्हमा जाने भएको छ । यसको मुल कारण भनेको विगतका विजयी भएका नेताहरुले स्वास्थ्य, शिक्षा, रोजगार, बाटोघाटो सडक, खानेपानी, विद्युत लगाएत विकास निर्माणका कार्य काम नसकेको आरोपछ । भुम्पपिडितको दःख पीडामा मलम लगाउ नसकेकोले वामगठबन्धनको मत स्वतन्त्र उम्मेदवारलाई जाने स्थानीयहरुको बुझाई छ । वामगठबन्धनको मत उनलाई जाने भएकाले उनको जित लगभग निश्चित भएकोछ । यसबाट वाम नेताहरु तरंकितभई आत्तीन थालेको पार्टी स्रोतले बताउन थालेका छन् ।
यसरी बुवाको सिद्धान्तलाई जनता सामु पु¥याउन, देश बन्नको लागि सुरुमा आफूबाट सुरु गर्नु पर्छ, आफ्नो टोल आपैm बनाउनु पर्छ, भन्ने अभियन्ता समते रहेका लामाले असक्त वृद्धवृद्धाहरुको लागि घरघरमा वृद्धभत्ता वितरण, भ्रष्टाचार विरोधि अभियान लगायत विभिन्न समाजसेवा गर्दै आएका छन् ।
भ्रष्टचारको विरुद्ध अभियान, वेरोजगारको समस्याको न्युनिकरण, व्यवहारीक र शिपमुलक शिक्षा अबलम्वन, सुशासन, विभेदपूर्ण राजनीतिकको अन्त्य गर्नको निमित्त आफ्नो उम्मेदवारी भएको उनी बताउछन ।

काठमाडौं ७ को प्रतिनिधि सभाको निर्वाचनमा, बाम गठबंधन को हार निस्चित भयो भने,बाम गठबंधनले आफ्नो हार स्वीकार गर्छ कि बाम गठबंधनले आफ्नो भोट मेरो चुनाव चिन्ह ९कलम० मा खसाउन आफ्नो मतदाता हरु लाई ह्विप जारी गर्छ, भन्ने पर्खाइमा आफु रहेको उनी बताउछन्

 

प्रतिक्रिया दिनुहोस्