नेविसंघलाई तीन महिनाभित्र महाधिवेशनको योजना पेश गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाल विद्यार्थी संघलाई तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना पेश गर्न कांग्रेसले निर्देशन गरेको छ। नेविसंघको महाधिवेशन समयमै नभएपछि नेविसंघमा विवाद उत्कर्षमा पुगेको बेला कांग्रेसले यस्तो निर्देशन दिएको हो।

आज कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमा भनेका छन्, ‘३ महिनामा महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना भदौ २ गते भित्र पेश गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय समितीलाई नेपाली कांग्रेसको निर्देशन!’

११ औं महाधिवेशनबाट दुई वर्षअघि नैनसिंह महर नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए। दुई वर्षअघि भदौ २ मा निर्वाचित भएका महरको कार्यकाल सकिदैछ। १२ ‌औं महाधिवेशको कुनै तयारी नगरेपछि महामन्त्री कुन्दनराज काफ्ले समूहलगायतले उनको विरोध गर्दै आएको छ।

समयमा महाधिवेशन हुन नसके नेविसंघको यही कार्यसमितिले ३ महिना निरन्तरता पाउनेछ।

प्रतिक्रिया दिनुहोस्