नारायणपुरमा काग्रेसको बृहत घरदैलो, ‘समृद्धि दाङका लागि काग्रेसमा भोट’

काठमाडौं । नेपाली काग्रेसले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा वह्त घरदैलो सम्पन्न गरेको छ । नेपाली काग्रेसको नेतृत्वमा शान्ति र संविधान, काग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भएको दावी गरेका छन् । सभालाई सम्वोधन गर्ने बक्ताहरुले लोकतन्त्र रक्षाका लागि नेपाली काग्रेसका उम्मेदवारहरुलाई निर्वाचनमा भोट दिन आग्रह गरेका थिए । माओवादी र एमालेका कारण कारण देश एकदलिय तानाशाह कम्युनिष्ट शासनमा फस्ने खतरा रहेको भन्दै बक्ताहरुले देशलाई माओवादी र एमालेको षडेन्त्रवाट बचाउनकालागि काग्रेसलाई जिताउन मतदातासँग आग्रह गरेका थिए । निर्वाचनमा माओवादी र एमाले छुट्टा छुट्टै जादा हार्ने भएका कारण अहिले शत्तास्वार्थका कारण उनीहरु एक ठाउँमा आएको भन्दै कम्युनिष्टका कारण देश खतरामा फस्ने अवस्था आउन थालेको बताएका थिए ।
घरदैलोका क्रममा नेपाली काग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार राजु खनालले दाङको विकास र जनताको समृद्धिका लागि नेपाली काग्रेसले जित्नुपर्ने आवश्यकता रहेको भन्दै नेपाली काग्रेसको पक्षमा मतदान गरेर काग्रेृसलाई बिजयी बनाउन आग्रह गरेका थिए । दाङको विकासका लागि नेपाली काग्रेसले ठुलो योगदान गरेको भन्दै उनले आफुले समेत संसद हुदा दाङको विकास र जनताको समृद्धिका लागि बजेट बिनियोजन गरेको बताए । जिल्लाको बिकास गर्दै पाँच नम्वर प्रदेशको राजधानी निर्माणका लागि पूर्वाधार निर्माण गर्न आफुले घोराही बजारमा फोरलेन सडक निर्माण, लमही घोराही सडकखण्डका विभिन्न खोलाहरुमा पुल निर्माणका लागि बजेट बिनियोजन, घोराही–सौडियार हुदै धारपानी जोड्ने सडक कालोपत्रे, राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास लगायतका जनताका आवश्यकता र समृद्धिका लागि काम गरेको भन्दै उनले पुन जिल्लाको समृद्धिकालािग आगामी निर्वाचनमा बिजयी बनाउन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा क्षेत्र नं. २ (२) प्रदेशसभाका उम्मेदवार भरतबहादुर न्यौपानेले जनताको समृद्धि र प्रदेशिक राजधानीका लागि आप्mनो उम्मेदवारी रहेको बताए । दाङको विकास लागि प्रादेशिक राजधानी आवश्यक रहेको र राजधानी दाङमा बनाउन सके जिल्लाको विकासले फड्को मार्ने न्यौपानले बताए । त्यसँगै दाङको मध्यविन्दुरमा रहेको नारायणपुर सहरलाई रोल्पाको होलेरी,हापुर,नारायणपुर–धर्नाहुदै रिहार जोडेर व्यवसायको वृद्धिसँगै किसानहरुलाई समेत सहज बनाउन आफुले ध्यान दिने बताए
कार्यक्रममा नेपाली काग्रेसका पूर्व जिल्लासभापति विरकेश्वरी गौतमले देशलाई एकतन्त्रीय कम्युनिष्ट शासनवाट बचाउनकालागि जनतालाई नेपाली काग्रेसलाई बिजयी बनाउन आग्रह गरे । कम्युनिष्टहरुका कारण देश विकास नहुने र पुन हत्याहिंसामा फस्ने खतरा रहेको भन्दै पूर्व जिल्लासभापति गौतमले देशलाई कम्युनिष्ट शासनवाट बचाउनका लागि अहिले जनताहरु जाग्नुपर्ने बताए । कम्युनिष्टका कारण देशका विकास हुन नसक्ने भन्दै उनले कम्युनिष्टका कुराहरुमा विश्वास नगर्न मतदाताहरुलाई आग्रह गर्दै माओवादी र एमालेलेको मिलनले देशलाई माओवादीको शसस्त्र द्धन्द्ध जस्तै शासन व्यवस्था ल्याउन खोजेको आरोप लगाएका थिए । नेपाली काग्रेस त्रिपुर सभापति दिपक पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको आर्थिक समृद्धि र शान्ति स्थापना गर्ने पार्टी नेपाली कागैस भएको भएका थिए । कार्यक्रममा सास्कृतिक टिमका कालाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । बृह्त घरदैलो कार्यक्रममा हजारौँको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्