लोकतन्त्रमाथि चुनौति खडा भएको नेता सिटौलाको दाबि

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको बताएका छन्।

महिला उत्थान केन्द्रले शनिबार राजधानीमा गरेको कार्यक्रममा नेता सिटौलाले संबैधानिक निकायले निश्पक्ष काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौति थप्ने बताएका हुन्।

केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको टिप्पणी पनि उनले गरे। उनले सबै तहका सरकारका नियम, कानुन र व्यवस्थाहरु एक अर्कासँग मेल नखानुले मुलुकमा स्पष्ट रुपमा निर्णयकर्ताको अभाव देखिएको र यसले देशलाई अराजकतातर्फ धकेल्ने दाबी गरे।

नेता सिटौलाले संविधानले निर्दिष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको टिप्पणी गरे। उनले संविधानले सबै वर्ग, जातजाति र भाषाभाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको आरोप लगाए।

निर्धारित समयभित्र संविधान प्रदत्त अधिकार प्रत्याभुतिका लागि ऐन बन्न नसक्दा मुलुक थप संकटमा पर्ने उनको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्