काठमाडौँ क्षेत्र नं ७ मा दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा दिनहुँ हुने राजनीतिक गतिविधि तथा चुनावीसभाले बाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तीब्र प्रतिस्पर्धा देखिएपछि दुबै गठबन्धनका उम्मेदवारले आफना पक्षमा तटस्थ मतदातालाई ल्याउन विभिन्न अभियान सञ्चालन गरेको पाइएको छ । दुवै पक्षका नेताहरु मतदाताहरुलाई आफ्ना योजना सहित प्रतिवद्धता समेत व्यक्त गर्दै आएका छन् ।
बाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर प्रदेशसभामा (१) मा वसन्त मानन्धर र (२) मा प्रकाश श्रेष्ठ हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा राप्रपाका केन्द्रीय सदस्य बिक्रमबहादुर थापा हुनुहुन्छ, उहाँ महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको जिम्मेवरीमा हुनुहुन्छ । प्रदेशसभाका दुबै उम्मेदवार नेपाली काँग्रेसकातर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल हुनुहुन्छ ।
प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवार दिएको भए पनि बाम आन्दोलनका विशिष्ठ नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उहाँका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि राजनीतिक माहोल तरंगित भएको छ ।
सोही क्षेत्रमा विसं २०७० बाट निर्वाचित हुनुभएका मानन्धर केही लोकप्रिय देखिएको भएपनि लामाको उम्मेदवारीले यसै भन्न सकिने अवस्था छैन । दुबै गठबन्धनबाट मिश्रित परिणाम आउने आकलन समेत गरिएको छ ।
द्युवै पक्षका नेतानहरुले एक अर्काका मतदातालाई विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिने र प्रतिवद्धता जनाउनुका साथै खोपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकास विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १,२ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ भने ५७ हजार ५८८ मतदाता रहेका छन ।
ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता उम्मेदवारले गर्न थालेका छन । यीनै पिडित निर्णायक हुन सक्ने हुँदा नेताहरु उत्साहकासाथ ती मतदातालाई आकर्षित गर्न थालेका हुन । उम्मेदवारहरुले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, स्थानीय आठ माईल डाडागाउँको विकास गरी पर्यटन क्षेत्र विकास गर्ने लगायत प्रतिवद्धता जनाउँदै विभिन्न रणनीतिक कार्यक्रम सञ्चालन गरेका छन् ।
लोकतान्त्रिकका उम्मेदवार थापाले शहरी क्षेत्रमा सडक विस्तारका कार्य, बालाजु आसपास क्षेत्रका सडकमा देखिएका खाल्डा खुल्डीको व्यवस्थापनलाई आफूले प्राथमिकता दिने बताउनुहुन्छ । बाम उम्मेदवार मानन्धरले पार्टीको चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने विषयमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ ।


यसै गरि वाम योद्धा निर्मल लामाका छोरा स्वतन्त्र उमेदवार निमा फिन्जो लामाले राजनीतिक भ्रष्टचारको अन्त्य गर्न, विकाशको नाममा हुने लुटको भन्डाफोर गर्न, रोजगारीको लागि युवाहरुको विदेश पलायन रोक्न, महिला हिंसा अन्त्य गरेर समान अधिकार स्थापना गर्न शिक्षाको माफियातन्त्र नियन्त्रण गर्न आफ्नो उम्मेदवारी भएको बताए । उनले आफुलाई विजयी बनाएमा यस्ता कार्य सबै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनी यतिखेर कलम चिन्ह लिएर चुनावी मैदानमा रहेका छन् ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवार साञ्जे गुरुङ समाजका कर्मठ युवा हुन् । उनले बालाजु ,म्हेपी लगायतका ठाउँमा उदाहरणीय कार्य गरेका छन् ।

उनी मुठ्ठी चिन्ह लिएमा चुनाववी मैदनमा छन् । उनी जनतालाई ठूला आश्वासन भन्दा पनि गास, वास कपास, स्वास्थ्य, शिक्षा रोजगार नै पहिलो एजेण्डा भएको बताए । उनले यीनै एजेण्डालाई मतदाता समक्ष पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्