महामन्त्री थापाको दुई शर्तले स्थगित भयो राप्रपा र राप्रपा प्रजातान्त्रिकबीचको एकता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकबीचको एकता वार्ता स्थगित भएको छ ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल थापाले राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा छोडेमा मात्र एकता हुने धारण राखेपछि राप्रपा र राप्रपा प्रजातान्त्रिकबीचको एकता स्थगित भएको हो ।

हालै सञ्चार माध्यममा राप्रपा प्रजातान्त्रिकका महामन्त्री थापाले दुई मुद्दा छोडेमा मात्र एकता हुने धारणा राखेपछि राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाबारे राप्रपा प्रजातान्त्रिकको आधिकारिक धारणा नआएसम्म वार्ता नगर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

पार्टी एकताबारे छलफल गर्न दुबै पार्टीले वार्ता टोलीसमेत बनाएका थिए । जसमा राप्रपाबाट वुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन छन् भने राप्रपा प्रजातान्त्रिकको वार्ता टोलीमा दीपक बोहरा, बिक्रम पाण्डे र सुनील थापा छन् ।

राप्रपा प्रजातान्त्रिकले भने महामन्त्री थापाले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्