सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिक पनि सडकमा(फोटोफिचरसहित)
काठमाडौँ । राप्रपा प्रजातान्त्रिकले केपी ओली नेतृत्वको सरकार निरंकुश भएको भन्दै सरकारविरुद्ध बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ ।
पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँको माइतीघरमा राप्रपा प्रजातान्त्रिकले प्रदर्शन गरेको हो । सो पार्टीका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह काठमाडौको माइतीघरमा भेला भई प्रदर्शनसहित बबरमहल हुँदै बानेश्वर पुगेर सभा गरेका थिए ।
सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आदि आरोप लगाउँदै राप्रपा प्रजातान्त्रिक सडक आन्दोलनमा आएको हो ।
यालीमा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापालगायत नेताहरु सहभागी भएका छन् ।
सभालाई अध्यक्ष राणासहितका नेताले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले वर्तमान सरकार निरंकुश बन्दै गएको, जनतामाथि अत्याधिक कर बृद्धि गरेको, महंगी नियन्त्रण गर्न नसकेको तथा महिलाहिंशाका घटना न्युनिकरणमा सरकारको ध्यान नपुगेकाले विरोधमा उत्रनु परेको बताए ।
प्रतिक्रिया दिनुहोस्