कांग्रेसका पूर्वसांसद जोशीको निधन
काठमाडौं । नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ।
मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए।
जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति बनेका थिए। विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ।
जोशीको निधनमा शोकप्रस्ताव पारित गर्दै बुधबारको राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस्