नेपाली कांग्रेसका नेता खांणको दाबि – ‘निरंकुशता लाद्न खोज्ने ओलीको दीयो छिट्टै निभ्छ्’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले सरकारले तानाशाहि शैली लाद्न चाहेको भन्दै प्रधानमन्त्री केपी ओलीको दीयो छिट्टै निभ्ने दाबि गरेका छन्। सरकार बनेपछि जनताले निकै दुख पाएको भन्दै उनले ओली सरकार आएपछि बोली र गोली बाहेक अरु सबै महंगो भएको टीप्पणी गरे ।
नेपाली कांग्रेस रुपन्देहीले भैरहवाको मिलनचोकमा गरेको बिरोधसभामा बोल्दै उनले जनतामाथि निरंकुशता लाद्न खोज्ने ओलीको हालत राणा,राजाकै हुने दाबि गरे ।
संसदीय दलको प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न,महंगी नियन्त्रण गर्न,अघिल्लो सरकारका निर्णय नउल्टाउन, जथाभाबि निर्णय नगर्न र दम्भ नपाल्न आग्रह गरे।
‘सरकारले डा. गोबिन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलाउने, चितवनमा ईरिक्सा चालक मजदुरमाथी गोली ठोक्ने,यो ठिक होइन जनताले पटक्कै रुचाएका छैनन ।’ उनले भने ।
खांणले भने—‘कम्युनिष्ट सरकार मजदुर, महिला, बालबालिका, किसान र ब्यबसायी बिरोधी देखिएको छ,सच्चिने भए सच्चिनुस् नत्र जनताले तह लगाउनेछन् ।’
प्रधानमन्त्री ओली जनताको मालिक बन्न खोजेको भन्दै खांणले उनलाइ जनताको सेवक बन्न सुझाब समेत दिए ।
प्रतिक्रिया दिनुहोस्