सरकारप्रति आशावादी छौं, समर्थन फिर्ता लिने कुनै योजना छैन : महतो
काठमाडौं ।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।
संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा रहेको उनले बताए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महतोले भने, ‘यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं ।’
यदि सरकारले संविधान संशोधन नगरे त्यसको दबाई गर्न पनि आफूहरुले जानेको पनि उनले बताए । अध्यक्ष मण्डलका सदस्य महतोले थपे, ‘अहिले नै दबाई गर्ने बेला भएको छैन ।’
मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाइएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई गर्न पनि सरकारलाई दबाव दिएको उनले बताए ।
उनले भने, ‘रेशम चौधरीलाई सांसदको प्रमाणपत्र बुझ्ने वातावरण बनाइएन । सरकारको भनाई र गराईमा एकरुपता हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्