सरकारको विरोधमा कांग्रेसले घोषणा गरेको आन्दोलन रोकिदैन, सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक व्यवस्था उल्लंघन गरी संविधानमाथि प्रहार सुरु गरेको बताएका छन्। नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसियनको गैंडाकोटमा सुरु भएको १०औं महाधिवेशन उदघाटनमा बोल्दै देउवाले सभामुख र उपसभामुख एउटै दलको राखेर कम्युनिस्टहरुले प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको उनले बताए।

देउवाले सरकारले उपकुलपतिलाई संयुक्त रुपमा हटाउन लागेको आशंका पनि उब्जिएको बताए।

उनले सरकारको विरोधमा कांग्रेसले घोषणा गरेको साउन १५ को आन्दोलन नरोकिने बताए।

प्रतिक्रिया दिनुहोस्