डाक्टर शेखर कोइरालाले भने – प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने मलाई पनि रहर छ!

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विरोधलाई सुन्न र विरोधीलाई सामना गर्ने क्षमता नै नरहेको बताएका छन् ।

रिर्पोटर्स क्लब रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रले विरोधलाई निषेध गर्न नसक्ने बताउँदै मुर्दा शान्ति र विकास लोकतन्त्रमा असम्भव रहेको बताए ।

प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने रहर आफूलाई पनि लागेको बताउँदैउनले हावादारी कुरा गरेर जनतामा भ्रम नछर्न सुझाव दिए । भ्रम एक पटक छर्नुभयो त्यसको उब्जनी पनि राम्रै भयो अब फेरि भ्रमको खेती चल्दैन उनले भने ।

कांग्रेस कमजोर हुनुमा नेतृत्व मुख्य जिम्मेवार रहेको भन्दै उनले सभापतिदेखि महामन्त्रीसम्मले कांग्रेस कमजोर हुनुको जिम्मेवारी लिनु पर्ने बताएका हुन्।

पार्टीलाई बलियो बनाउन आफू कार्यकर्ता र सर्वसाधारणसँग भेट गर्ने अभियानमा लागेको उनको भनाई छ । नेतृत्वका लागि महामन्त्री शंशाक कोइराला र आफनो बीचमा कुनै विवाद नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्