‘कम्युनिष्ट विरुद्ध पुराना कार्यकर्ता कांग्रेसमा फर्कनुस्, राजनितिक भविष्यको हामी जिम्मा लिन्छौँ’: डा. शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले बिभिन्न समयमा पार्टी छोडेर अन्य दलमा गएका नेता एवं कार्यकर्तालाई कॉग्रेसमा फर्कन आग्रह गरेका छन ।

डा. कोईरालाले मुलुक सर्बसत्ताबादतर्फ अगाडी बढेकाले बिगतमा गरिएका आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको बताएका छन । डा. कोईरालाले भने ‘मुलुक र प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु पार्टीमा फर्कनोस। बिगतमा हामीबाट पनी कमि–कमजोरी भए होला। मुलुक र प्रजातन्त्र अहिले संकटमा परेको छ। कम्युनिष्टका बिरुद्ध ति साथीहरुको आवश्यकता अपरिहार्य रहेको छ। तपाईहरुको राजनितीक भविष्यको जिम्मा हामी लिन्छौं।’

सरकार दुईतिहाईको दम्भबाट बाहिर ननिस्के उसको हालत पनि राणा र राजाकै जस्तो हुने कोईरालाको चेतावनी थियो ।

नेपाली कॉग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘वृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै डा कोईरालाले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आयोगबाट स्विकृती लिएर गरेका नियुक्ती बदर गरेर सरकार मुठभेडमा उत्रिएको बताए ।

कार्यक्रममा काँग्रेस ईलामका सभापती– हिमालय कर्माचार्य, बर्दियाका सभापती– संजय गौतम, रुपन्देहीका सभापती– अब्दुल रज्जाकले आफ्नो मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्