उत्तर कोरियालाई नाकाबन्दी लगाउने अन्तिम तयारीमा युरोपियन युनियन ।

युरोपियन युनियनका कुटनीतिक प्रमुखका अनुुसार उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

उहाँले पछिल्लो समयमा उत्तर कोरियाले बिभिन्न ठाउँमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको समाचारमा उल्लेख गरिएको छ । हाल अहिले आर्थिक क्षेत्रको नाकाबन्दी भने कायमै छ ।

कूटनीतिक विभागका प्रमुख फेडरिका मोगारिनीले भन्नु भए अनुसार उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मन्त्रिपरिषद्का सदस्यहरुसंग कुरा उठाएको छु, अब छिट्टै नै कार्यान्वयनमा आउने छ ।

उत्तर कोरियामाथि युरोपियन युनियनका साथसाथै अन्य विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणागर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।

एजेन्सी..

 

प्रतिक्रिया दिनुहोस्