प्रदेश २ सरकारमा तीन राज्यमन्त्री थपिए, फरार सूचीमा रहेका शर्माले समेत लिए सपथ

काठमाडौं । प्रदेश नम्बर २ मा आज मन्त्रिपरिषद् बिस्तार भएको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट ३ जना राज्यमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद् बिस्तार भएको हो ।

बिस्तारसँगै अव प्रदेश २ को मन्त्रीमण्डल १३ सदस्यीय बनेको छ । उद्योग तथा पर्यटन राज्यमन्त्रीमा सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पलकुमारी झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

बुधबार जनकपुर चुरोट कारखानाकको कवर्डहलमा अयोजित सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्ष मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त राज्यमन्त्रीमध्ये मण्डल र शर्माले मैथिली भाषामा सपथ लिनुभयो भने झाले हिन्दी भाषामा सपथ लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्