अनशनरत डा.केसीका विषयमा प्रचण्डको आयो यस्तो टिप्पणी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनमा रहेका डा।गोविन्द केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजिएको बताएका छन् ।

पार्टी निकट पत्रकारहरुलाई प्रशिक्षण दिँदै उनले कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको आरोप समेत लगाए ।

पार्टी एकता गरेर राम्रोसँग खुट्टा टेक्न नपाउदै लडाउने षड्यन्त्र अनुरुप वितण्डा मच्चाउन खोजिएको उनको भनाई थियो ।

‘नेपालभित्र कम्युनिस्टले चुनाव जितेको, दुई तिहाईको सरकार बनाएको, हामीले शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको उनीहरूलाई पटक्कै मन परेको छैन,’ उनले भने, ‘त्यसैले हाम्राबिरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेका छन् ।’

उनले कम्युनिस्ट पार्टी नेतृत्वको सरकार र पार्टीविरोधीको एकताबद्ध भएर प्रतिवाद गर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्