डाक्टर केसीको माग सम्बोधन गर्न सरकारलाई पूर्व राष्ट्रपति यादवको आग्रह

काठमाडौं ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई वार्तामार्फत् छिटो समाधान गर्न संवेदनशील भैदिन सरकारसँग आग्रह गर्नु भएको छ ।

पूर्व राष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उहाँको जीवनको पनि रक्षा हुने  स्पष्ट पार्नुभयो ।

सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उहाँले सञ्चारकर्मीमाझ नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारले भएको पनि स्मरण गराउनु भयो । वरिष्ठ चिकित्सक केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ ।

चिकित्सक समेत रहनु भएका पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्य अवस्था संवेदनशील भएकालेसमस्या समाधान गर्न ढिलाई गर्न नहुनेमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

पूर्व राष्ट्रपति यादवले सरकारले जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौंमा ल्याएकोमा भने खुसी व्यक्त गर्नुभयो । वरिष्ठ चिकित्सक केसीको माग जायज भएकाले पनि सरकारलेसमस्या समाधान गर्न ढिलाई गर्न नहुने पूर्व राष्ट्रपति यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्