उम्मेद्वारको गाडीमा आगजनी ।

काठमाडौ । कैलाली निर्वाचन क्षेत्र नं २ मा प्रदेशसभा सदस्य उम्मेद्वार रतन थापाको निजीे साधनमा आज बिहान अज्ञात समूहद्वारा आगजनी गरेको छ ।
थापा वाम गठबन्धनको उम्मेदवार थिए । थापाको लम्की चुहा नगरपालिकास्थित घर पछाडि राखिएको बा १६ च ६८९९ नं को जीपमा आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए । आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन नसकेको बताउँदै प्रहरी नायब उपरीक्षक बुढा मगरले आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जनाए । आगजनीबाट जीपको पूरै भाग जलेको छ ।

प्रतिक्रिया दिनुहोस्