रेशम चौधरीलाई सपथ खुवाउन राजपाको कसरत
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले फौजदारी अभियोगमा थुनामा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरी सपथ गराउने व्यवस्था गर्नुपर्ने माग सरकारसमक्ष पुन: दोहोर्याएका छन् ।
राजपाको अध्यक्ष मण्डलका ६ जना नेताले बिहीबार साँझ ७ प्रधानमन्त्री केपी ओलीलाई भेटी ज्ञापनपत्र नै दिई चौधरीको सपथ गराउनु पर्ने लगायतका माग राखेका हुन् ।
राजपाका नेताले प्रधानमन्त्री ओलीसित आफ्ना माग र सत्तामा सहभागिताबारे तीन घन्टा छलफल गरेका थिए । राजपाका नेताले आफ्नो पार्टी सरकारमा सहभागी हुन संविधान संशोधन हुनु पर्ने, सांसद चौधरीलाई सपथ खुवाइनु पर्ने, मधेस आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता हुनुपर्ने माग राखेको जानकारी राजपाको सचिवालयले दिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्