राजविराजमा बम विस्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीद्वारा सार्वजनिक ।

काठमाडौ । सप्तरीको राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा छिन्नमस्ता गाउँपालिका– १का ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई दुई दिन अगाडि राजविराजलाई लक्ष्य गरी शक्तिशाली प्रेसकुकर बम विस्फोट गराउने योजना बनाइरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
पक्राउ परेका उनीहरु विप्लव समूहका कार्यकर्ता भएको जानकारी गरे।
पक्राउ परेका तेजनारायणबाट बम विस्फोट गराउने रिमोट कन्ट्रोल फेला पारेको र त्यसपछिको सोधपुछका आधारमा प्रहरीले बम फेला पारेको थियो ।मानवीय तथा भौतिक क्षति पुर्याउने उद्देश्यले राजविराज–कुनौली सडक खण्ड स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइछिपाई राखिएको प्रेसरकुकर बम बयानको आधारमा फेला पारिएको उनले जानकारी दिए ।
घटनामा उनका सहयोगी सञ्जयकुमार रायलाई समेत पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्