संसद् बैठक स्थगन गरेकोमा सभापति देउवा रुष्ट

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरेर जनताको अभिव्यक्त गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाउँदै रोेष प्रकट गरेका छन् ।

सभापति देउवाले आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी साउन ११ गते सम्मका लागि सारिएकोमा संसदमा प्रतिनिधिहरुले जनताको अभिव्यक्तिलाई समेत कुण्ठित गरेको आरोप लगाउँदै उनले सरकारले ज्यादती गरेको बताएका हुन् ।

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै सभापति देउवाले मेडिकल शिक्षा सुधारको लागि २० दिनदेखि जुम्लामा अनसनरत डा. गोबिन्द केसी को माग र माइतीघर मण्डलामा पनि सरकारले ज्यादती गरेको बताए ।
सभापति देउवाले डा. केसीले उठाएका सबै माग सम्बोधन गर्दै उहाँको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याउन पनि माग गरे ।
उनले सरकारको शैली र काम गर्ने तरिका ठिक नभएको बताउँदै उनले सरकारलाई सच्चिन आग्रह गरे । सरकारले अराजकता गरेकै कारणले काँग्रेस सडकमा आउन वाध्य भएको बताए । काँग्रेसले सडक र नौं वटै संसद अवरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्