सरकारको विरोध गर्नेको कडा प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेको काडा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकर्तासँगको भेटमा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको बताउँदै सरकार विरोध गर्नेको कडा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरूले, सामाजिक न्याय हुन नदिनेहरूले सरकारका विरुद्ध अफवाह फैलाएका छन् ।’

कार्यकर्तासँगहरुसंग बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान, नियम, कानून र विधि अनुसार सरकारले काम गर्छ, ‘जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन ।‘ उनले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको समेत बताए ।

चुनावभन्दा अघिको सरकारले देशमा जथाभावी काम गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन केही समय लागेको समेत प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्