क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनलमा, इग्ल्याण्डको सपना तुहियो

काठमाडौं । क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ, भने इग्ल्याण्डको सपना तुहिएको छ ।
मारियो मान्डुज्किचले अतिरिक्त समयको दोस्रो हाफको चौथो मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका छन्। इङ्लिस डिफेन्डरले डिबक्स भित्रको बललाई क्लियर गर्न नसक्दा इङ्ल्यान्डले अतिरिक्त समयमा अप्रत्यासित २–१ ले पछाडि पर्नु परेको छ। मान्डुज्किचले इभान पेरिसिचको हेडिङ क्रसमा दोस्रो बार च्यापेर हानेको बल गोलमा परिणत भएको थियो। इङ्ल्यान्डले पहिलो हाफको ५ मिनेटमै किरन ट्रिपरको उत्कृष्ट फ्रिकिकमा अग्रता लिएको थियो । क्रोएसियाले ६८ मिनेटमा गोल फर्काएको थियो । लामो क्रस पासमा इभान पेरिसिचले गोल गरेका थिए । किरन ट्रिपरको उत्कृष्ट फ्रिकिकको सहयोगले क्रोएसियाविरूद्ध विश्वकपको सेमिफाइनलअन्तर्गत पहिलो हाफको खेलमा इङ्ल्यान्डले १–० को अग्रता कायम राखेको थियो ।

खेल सुरु भएको पाँच मिनेट भित्र  केरन ट्रिपेयरले २० यार्ड नजिकबाट हानेको बलले सिधै जाली चुमेको थियो। क्रोएसियाली कप्तान लुका मोड्रिचले इङ्लिस स्ट्राइकर डेले अलीलाई पछाडिबाट लडाएपछि प्राप्त ‘सेट पिस’ मा ट्रिपरले गोल गरेका थिए।

२००६ को विश्वकपमा इङ्लिस पूर्व कप्तान डेभिड बेक्हामले इक्वेडरविरूद्ध फ्रिकिकबाट सिधै गोल गरेको घटनाको १२ वर्षपछि केरन ट्रिपेयरले पनि सोही प्रकृतिको गोल गरेका हुन।

क्रोएसियाले खेलको १२ मिनेटमा गोल फर्काउने अवसर पाएको थियो। तर, आन्टे रेबिचको फितलो प्रहार इङ्लिस गोलरक्षकले सहजै बचाएका थिए। ३६ मिनेटमा पनि डिबक्स बाहिर जेसी लिङ्गार्डले मौका पाएका थिए। तर, पोल बाहिर हाने। ह्यारी केनले उनलाई गोलको लागि अवसर जुराएका थिए । क्रोएसिया यो जित संगै फइनल खेलमा पुगेको छ । अब फाइलन खेलमा क्रोएसियाले फ्रान्संग सामना गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्