नेकपाको सचिवालय बैठक सम्पन्न, नियमावली पारित

काठमाडौं । नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी सञ्चालन तथा संगठन विस्तारको लागि बाटो खुलेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘आजको सचिवालय बैठकले विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटी तथा संगठनात्मक विस्तार एवं सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ । पार्टी नियमावलीलाई अन्तिम रुप र पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्