नेकपाको सचिवालय बैठक वालुवाटारमा शुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बुधबार बसेको पार्टी सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको वालुवाटार स्रोतले जनाएको छ ।
स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको र त्यसलाई अन्तिम रुप दिन सचिवालय बैठक बसिएको हो ।
नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।
प्रतिक्रिया दिनुहोस्