अनसनरत डा. केसीका जायज माग मात्रै सम्वोधन हुन्छन् : सचेतक गुरुङ
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले विरोध नै गर्न नपाइने गरी निषेध नगरिएको बताएका छन् । उनले विरोध गर्ने निश्चित स्थान तोकिएको बताउदै लोकतान्त्रिक पद्धतिअनुसार सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अधिनायकवाद भन्नु गलत भएको बताए ।
रफत सञ्चार क्लबले मंगलपार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको बताए ।
उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएकाले रोकिएको बताउँदै उनले कोइराला विधिअनुसार नचलेकाले उनलाई रोकिएको बताए । कोइरालाले देशको कानून भन्दा बाहिर गएर काम गर्न खोजेको भन्दै सरकारसँग स्वीकृति नै नलिइ विदेश भ्रमणमा जान लागेकाले रोकिएको गुरुङको भनाइ छ ।
प्रमुख सचेतक गुरुङले चिकित्सा विधेयककाबारे जुम्लामा अनशनरत डा.गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउँदै उनले सबै माग हुबहु सम्बोधन भने नहुने बताए ।
सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको चर्चा गर्दै गुरुङले केसीको उपचार काठमाडौँं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसीले आउन नमानेको जनाकारी दिए ।
प्रतिक्रिया दिनुहोस्