नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक जारी, विधान र नियमावलीमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप र पछिल्लो राजनीतिक लगायतमा विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ ।

यसअघि बसेको नेकपा सचिवालय बैठकले नियमावली र विधानलाई अन्तिम रुप दिन नेताहरु बामदेव गौतम, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेकपा एमाले र नेकपा माओबाद केन्द्र एकीकृत भएपछि विधान र नियमावलीको टुंगो नलाग्दा तल्ला कमिटिहरु र जनबर्गीय संगठनहरुको एकता प्रभावित हुँदै आएको छ । यद्यपि, कमिटीहरु र जनबर्गीय संगठनहरुको एकताका लागि कार्यदल गठन भई काम अघि बढिरहेको छ ।  छलफल पछि पार्टीको अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप प्रकाशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्