वाम गठबन्धन र पार्टी भित्रको अन्तर्घात नै पार्टी पराजयको प्रमुख कारण : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताएका छन् । उनले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गरे
सोमवार राजधानी काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता समेत व्यक्त गरेका छन् । सभापति देउवाले वाम गठबन्धन र पार्टी भित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको उल्लेख गरे । सभापति देउवाले निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो भन्दै नपाउनेले हराउन लाग्नु त भएन नि ? भन्दै प्रश्न गरे । उनले टिकट वितरणमा केही कमजोरी भएको स्वीकार्दै आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिलाई रोक्ने बताए ।
निर्वाचनमा पराजयको कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग पनि हो भन्ने भनाइको खण्डन गर्दै सभापति देउवाले नेपाल प्रहरीको प्रमुख सरकारले नै बनाउने हो भन्दै प्रहरीको कार्यसम्पादन मूल्यांकनका आधारमै उक्त काम तत्कालीन सरकारले गरेको बताएका थिए ।
कार्यक्रममा पार्टीका पुराना नेताहरु ओमकार श्रेष्ठ, उत्तमनारायण श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, विनयध्यज चन्द, चिरञ्जीवी वाग्ले, तीर्थराम डंगोल, दामोदर गौतम, विपिन कोइराला, रामबहादुर गुरुङ, श्यामलाल श्रेष्ठ, हीरादत्त भट्ट, तिलकप्रसाद न्यौपानेले पार्टीमा देखिएका समस्या केलाउँदै सुदृढीकरणका लागि सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्