नेविसंघको आन्तरिक द्वन्दले राष्ट्रिय मुद्धा ओझेलमा
काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा गुठ हावी हुँदै गएको छ । यहि गुटका कारण एक पक्षले आयोजना गरेको कार्यक्रममा अर्काे पक्ष सहभागि नहुने सम्मको दरार आएको छ । यसले गर्दा माउपार्टी काँग्रेसले ओली सरकार विरुद्धका कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउन सकेको छैन । काँग्रेसको राष्ट्रिय मुद्धा नै ओझेलमा परेको छ । यसको लागि नेविसंघ गुट उप–गुटको राजनीति भन्दा माथि उठेर राष्ट्रिय एजेण्डमा एक ढिक्का हुन आवश्यक छ ।
केपी ओली सरकारले माईति घर मण्डललाई निषेधित क्षेत्र घोषणा गरेपश्चात नेविसंघ पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा निषेधाज्ञा तोड्ने कार्यक्रममा नेविसंघ वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको समूह सहभागी भएन ।
माइतीघरमा निषेधाज्ञा तोडिरहँदा महर भने डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीका माग पूरा गर्ने पहल गरिदिन अनुरोधसहित मानवअधिकार आयोगको कार्यालय पुल्चोकमा ज्ञापन पत्र बुझाउन पुगेको थिए ।
अर्काेदिन वर्तमान अध्यक्ष महरको नेतृत्वमा माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने कार्यक्रम थियो त्यसमा पनि रामचन्द्र पौडेल–कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता–कार्यकर्ताहरु सहभागी भएनन् ।
गुटबन्दीले ग्रस्त नेपाली कांग्रेसको भ्रातृ संगठनमा यस्तो बिचित्रको विरोध केही दिनयता जारी छ । यसअघि मूल्य वृद्धिको विरोधमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको थियो । त्यो विरोध प्रदर्शन पनि गुटैपिच्छे फरक–फरक थियो । गुटगत मानसिकताले एकअर्कालाई निषेधको राजनीति गर्दा सरकारलाई दबाव दिने उद्देश्यले हुने गरेका नेविसंघका प्रदर्शन प्रभावकारी पनि हुन सकेका छैनन् ।
पौडेल–सिटौला पक्षले संस्थापन पक्षलाई काउन्टर दिन भन्दै समानान्तर गतिविधि जारी राखेको छ । यसअघि अध्यक्ष महरलाई नै स्पष्टिकरण सोधिएको थियो भने सुन्दरीजल स्थित वीपी कोइराला संग्रहालयमा एकै स्थानमा दुवै समूहले जिल्ला सभापतिहरुको भेला तथा प्रशिक्षण आयोजना गरेका थिए । यद्यपि पार्टी नेतृत्वको हस्तक्षेप पछि दुवै समूहले कार्यक्रम स्थगित गरे ।
यसको प्रभाव माउपार्टीमा पनि परेको छ । सरकार विरुद्ध शसक्त कार्यक्रम ल्याउन सकेको छैन ।
अबको एक महिनामा नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन्छ । किनभने आगामी साउन २३ गते महाधिवेशन भएको दुई वर्ष पूरा हुन्छ । नेविसंघको आगामी महाधिवेशनको परिणामलाई आ–आफ्नो पक्षमा पार्ने दाउमा नेताहरु छन् ।
प्रतिक्रिया दिनुहोस्