विप्लव नेतृत्वका चारजना कार्यकर्ता पक्राउ

काठमाडौं । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं.११ सोयाकका सञ्जिव फागो, वडा नं.१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका ८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् । एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्