डा. केसी कसरी अधिनायकवादी : मोर्चा

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले सरकारद्वारा ल्याइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरुद्धमा असनसरत डा. गोविन्द केसीलाई “अधिनायकवादी”को संज्ञा दिने सरकारको दृष्टिकोणनै पूर्वाग्राही भएको आरोप लगाउदै सिंगो चिकित्सा क्षेत्रको बिकृति र बिसंगतिका बिरुद्ध सत्याग्रह गर्दै आएका केसी कसरी अधिनायकवादी भए प्रमाणित गर्न चुनौति दिएको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार एक विज्ञप्ति जारी गरि डा. केसीको जीवनरक्षामा खतरा आएको र सरकारले मागप्रति वेवास्ता गरेको आरोप लगाउदै उनले केसी द्वारा उठाइएका जायज मागहरु तत्काल पुरा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

केसीको जीवन रक्षामा कुनै पनि किसिमको लापरवाही नगर्न समेत विज्ञप्तिमार्फत मोर्चाले सरकारसंग आग्रह गरेका हो ।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकको विरोध गर्दै केसीको समर्थन गर्दै मोर्चाले विज्ञप्तिमा अगाडि भनेको छ, ‘डा. गोविन्द केसीले विगतमा स्वास्थ र शिक्षा क्षेत्रमा भएका विसंगतिहरुका बिरुद्ध बसेका अनशनमा सरकारले पुरा गर्ने लिखित प्रतिवद्धता गरेका विषयहरु समेत उल्टयाउने गरी ओली नेतृत्वको सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक” कै भुमिका खेल्ने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसद सचिवालयमा दर्ता गर्नुले आगोमा घिउ थप्ने काम गरेको छ ।’

त्रिवि शिक्षण अस्पताल हाड जोर्नी विभागका वरिष्ठ चिकित्सक डा.केसी स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विभिन्न माग राख्दै कर्णालीको जुम्लामा अनसनरत छन् र यो उनको १५औं पटकको अनसन हो ।

 

प्रतिक्रिया दिनुहोस्