अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार लगातार पहिलो र दोस्रो पटक कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसका सांसदहरुले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव शुक्रबारकै बैठकको कार्यसूचीमा राख्नुपर्ने माग गरेका थिए । तर सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको र अर्को बैठकमा कार्यसूचीमा राख्ने बताएका थिए ।
तर कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध पारिराखेपछि संसद बैठक असार २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
।
प्रतिक्रिया दिनुहोस्