सरकार तानाशाही तरिकाले अघि बढेको अध्यक्ष राणाको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकरण गरिरहेको आरोप लगाए । उनले अहिलेको सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख रहेको पनि बताए ।
अध्यक्ष राणाले गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अधिनायकवादी भनेकोमा आपत्ति जानउदै राणाले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले सरकार तानाशाही भएको पुष्टि भएको उनको तर्क छ । उनले नागरिकको पक्षमा अघि बढ्ने वरिष्ठ चिकित्सक केसी कसरी अधिनायकवादी भए भनि सरकारलाई प्रश्न पनि गरेका थिए ।
गृहमन्त्री थापाले बुधबार प्रतिनिधिसभा बैठकमा वरिष्ठ चिकित्सक केसीलाई अधिनायकवादीको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्