नेकपाको सचिवालय बैठकले स्थायी समितिको कार्यसूची बनायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधवार बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

केहि दिन अघि सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको बताईएको छ ।

स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिमरुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्