जनताको समृद्धिको चाहनालाई पूरा गर्न कांग्रेस भित्र एकता आवश्यक : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन नचाहेको आफ्नै तरिकाले चलेको आरोप लगाएका छन् ।

गिरिजाप्रसाद कोइरालाले सिंगो मुलुकलाई एकतावद्ध बनाएको भन्दै देउवालाई पनि पार्टीलाई एकतावद्ध बनाउन सुझाव दिएका छन् । उनले जनताको समृद्धिको चाहनालाई पूरा गर्न कांग्रेसभित्र एकता हुनुको विकल्प नरहेको बताए ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सभापति देउवालाई पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

नेता सिटौलाले सभापति देउवाले पार्टी भित्र न्याय नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । उनले सभापति देउवाले पार्टीका नेताकार्यकर्तालाई समान व्यबहार नगरेको गुनासो समेत गरेका छन् ।

कार्यक्रममा नेता सिटौलाले मुलुकमा गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको बारेमा चर्चा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्