अहिलेको सरकारले वहुमतको दम्भ देखायो : अध्यक्ष थापा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको सरकारले वहुमतको दम्भ देखाएको आरोप लगाएका छन् ।

काठमाडौ उपत्यकामा विभिन्न स्थानमा विरोध गर्न निषेध गरेको प्रति संकेत गर्दै अध्यक्ष थापाले यसवाट सरकारले नागरिकको असन्तुष्टी पोख्न पाउने अधिकारलाई कुन्ठीत गर्न खोजको आरोप लगाएका हुन् ।

राप्रपाको भातृ संगठन प्रजातान्त्रीक युवा संगठन कर्णाली प्रदेश समितिले आईतवार विरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले हिन्दु राज्य स्थापनाका लागी २ लाख मानिस सडकमा उतार्ने समेत दावि गरे ।

उनले निर्वाचन हिन्दु राज्य राख्ने कि नराख्ने जनमत संग्रह भएको थिएन भन्दै अध्यक्ष थापाले केही मानिसले विदेशी शक्तिको आडमा देशलाई धर्मनिरपेक्षताका नाममा विदेशी धर्मलाई हावी वनाउन खोजिएको बताए । निर्वाचनको पराजयलाई आफुहरुले गम्भिर रुपमा लिएको र अव पार्टी लाई थप संगठित र वलियो वनाएर लैजाने थापाले बताए ।

अध्यक्ष थापाले असोज मसान्त सम्ममा ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गर्ने गरी तयारी गरेको बताउदै राप्रपाले आगामी फाल्गुण ७ गते काठमाडौँमा २ लाख मानिस हिन्दु राज्य स्थापनाका लागी सडकमा उतार्ने तयारी गरेको पनि जानकारी दिए ।

राष्ट्रिय प्रजातान्त्रीक युवा संगठनको देश व्यापी भेला तथा प्रशिक्षणका क्रममा कर्णाली प्रदेश समितिको भेलाको उद्घाटन गर्न अध्यक्ष थापा सुर्खेत आईपुगेका हुन्

आईतवार देखी शुरु हुने राप्रपा युवा संगठन कर्णाली प्रदेश समितिको प्रशिक्षण तथा भेला दुई दिन सम्म चल्ने कर्णाली प्रदेश अध्यक्ष धन वहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्