सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्छ : काँग्रेस सभापति देउवा
भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा शुक्रवार बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
सभापति देउवाले सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको बताए ।
उनले आगामी दिनमा सबै एक भएर अगाडि बढे काँग्रेस पुनः देशको एक नम्बरको पार्टी बन्ने भन्दै सभापति देउवाले सबैलाई आफ्ना कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्न म आग्रह गरे ।
रोपाइँ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डिना संग्रौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नगरसभापति यादव अधिकारी लगायत कांग्रेसका नेता तथा कार्यर्कताको सहभागिता रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्