सिन्धुलीको दुर्घटनाका ७ घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइयो

काठमाडौं, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटनामा घाइते १४ मध्ये ७ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

सिन्धुलीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले गंभीर घाइते ७ जनालाई उद्धार गरि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको जानकारी दिए ।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेँरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । बाँकी ७ जना घाइतेहरुको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

यी हुन् काठमाडौं पठाइएका घाइतेहरू
– नामथर वतन नखुलेका एक पुरुष, अवस्था गम्भीर
– धनुषा जनकनन्दिनी गाउँपालिका(९ बिर्ताका सीता यादव, अवस्था गम्भीर
– सीता यादवकै छोरा १४ वर्षका पियुस गोहित, अवस्था गभ्भीर
– ३ वर्षका ओम साह, अवस्था गम्भीर(
– धनुषा शहीदनगर नगारपालिका( ७ का प्रिन्स साह, अवस्था गम्भीर
– धनुषा शहीदनगर नगारपालिका( ७ का श्यामबहादुर मण्डल, अवस्था गम्भीर
– धनुषा जनकनन्दिनी गाउँपालिका(२३ का दीपेन्द्र यादव, अवस्था मध्यम

प्रतिक्रिया दिनुहोस्