आइजीपीमाथि अध्यक्ष केपी ओलीको आक्रोश, आफूसहित शेरबहादुर देउवा र प्रचण्डलाई थुन्छु भनेको दाबी
काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइजीपीमाथि आक्रोश व्यक्त गरेका छन्। काठमाडौंको आजदेखि सुरुभएको भेलालालाई सम्बोधन गर्दै अध्यक्ष्म ओलीले आइजीपीले आफूसहित शेरबहादुर देउवा र प्रचण्डलाई थुन्छु भनेको दाबी गरे ।
उनले भने, ‘आईजीपी हुने बित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु । म शेरबहादुरलाई थुन्दिन्छु । म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ? थुन्दिन्छु अरे ?’
राणा शासन, पञ्चायती शासन र निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आफूहरू आएको बताउादै यस्ता प्रविधिको विरुद्ध सबै एक हुन आएको बभएको बताए ।
‘अनि ६ महिनाको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु । ठट्टा मजाक गर्या हो ?’ ओलीले आक्रोश पोख्दै भने, ‘तिनी जन्मिन भन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका थियौँ। मजाक गर्ने हामीमाथि रु थुने हुन्छ नि त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु रु हामी मजाकका पात्र हौँ रु ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु अरे ।’
प्रमाण भेटे प्रहरी आईजीपी पनि थुनिने उनले बताए।
ओलीले थपे, ‘उनी पनि थुनिन्छन् होला नि गलत काम गरेको प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि १ गृहमन्त्री फाइल खोल्दैछु पख्नु सब थुनिन्छन् । एक से एक थुनिन्छन् भन्दै हिँड्छन् । कसलाई भनेको हो रु’
गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, मनोवैज्ञानिक आतंक फैलाउने काम भइरहेको बताए। यस्ता हावादारी कुराहरूमा एमाले नहल्लिने चेतावनी दिए ।
उनले भने, ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’
एमाले मूल गेटबाट सिंहदरबार पस्ने र देश बनाउने बताए।























प्रतिक्रिया दिनुहोस्