बुद्ध विहारमा चिवर दान सहित बुद्ध पूजा 

काठमाडौँ, २ मंसिर। विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा बुद्ध पूजा गरिएको छ।

विहारद्वारा आज आयोजित धार्मिक कार्यक्रममा देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै मङ्गलध्वनिका साथ पूजाआजा गरिएको हो। बौद्ध धर्मावलम्बीहरूले विधिविधान पूर्वक महापरित्राण पाठ सहित बुद्ध पूजा गरिएको हो।

चारुमति बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले महानगरभित्रका प्राचीन सम्पदा तथा संस्कृतिले अन्तर्राष्ट्रिय परिवेशमा देशको विशिष्ट पहिचान कायम गरेको बताउँदै मानव सभ्यतासँग जोडिएको यस्ता सम्पदाले अन्तर्राष्ट्रिय तहमा नेपालको गौरव बढाएकाले तीनको संरक्षणमा जोड दिनुभयो ।

उहाँले बुद्धको जन्मस्थल नेपालमा भएर पनि बौद्ध साहित्य र दर्शनको अध्ययन तथा प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै बौद्ध साहित्यका माध्यमबाट राज्यको मूलधारमा आउन नसकेका गरीब तथा निमुखा वर्गको सामाजिक विकास गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ को स्थानीय तहबाट रङ्गरोगन गरी संरक्षण थालिएको छ ।

यसैबीच भिक्षु तपस्सी धम्मले भिक्षुको दिक्षा लिएको ३३ वर्ष पूरा भएको अवसरमा कष्ट परिकारको चिवर दान गरिएको छ। उहाँ अन्तर्राष्ट्रिय युवा बौद्ध संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।

 उक्त कार्यक्रममा बौद्ध साहित्य तथा दर्शनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ समाजसेवी बाबुकाजी श्रेष्ठलगायतलाई सम्मान गरिएको छ।- कृष्णराज

प्रतिक्रिया दिनुहोस्