भारतीय सेनामा हुने गोर्खा भर्ती खुलाउन माग
काठमाडौँ, १६ कात्तिक।
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले
नेपाली युवाहरूको भारतीय सेनामा हुने गोर्खा भर्ती खुलाउन माग गरेको छ।
संघद्वारा आज आयोजित कार्यक्रममा भारत सरकारले सन् २०२२ मा ुअग्निपथ योजनाु लागू गरेपछि गोर्खा भर्ती रोकेपछि अविलम्ब त्यसलाई खुलाउन माग गरेको हो।
भारतीय सेनाबाट सेवानिवृत्त ९पूर्व० गोर्खा सैनिकहरूको साझा संस्थाका रूपमा कृयाशिल संघका सल्लाहकार उमरबहादुर गुरुङले प्रथम विश्वयुद्धमा नेपालीले प्रदर्शन गरेको युद्ध कला, कौशल र वीरताका कारण सोही समयदेखि निरन्तर हुँदै आएको भर्ती अहिले रोक्न नहुने बताउँदै त्यसलाई तुरुन्तै सुचारु गर्न माग गर्नुभयो।
संघका सदस्य दुर्गाबहादुर थापाले करिब डेढ लाख पूर्व सैनिक रहेको उल्लेख गर्दै उनीहरुबाट करिब १२ अर्ब रुपैयाँ विप्रेषण स्वदेश आउने गरेको जानकारी दिनुभयो।
संघका सदस्य सूर्यबहादुर गुरुङले भर्ती नेपाल र नेपालीको हितमा रहेको बताउँदै यसलाई बन्द गर्न नहुनेमा जोड दिनुभयो।
संघले बेरोजगार नेपाली युवाहरूका लागि सुरक्षित तथा भरपर्दो रोजगारीको व्यवस्था गर्न, पूर्वगोर्खा सैनिकहरूसँग सम्बन्धित संघ(संस्थाहरूको दर्ता तथा नवीकरण सहज रूपमा गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
संघले पूर्वसैनिक तथा नेपाली युवाहरूसँग सम्बन्धित विभिन्न मुद्दाहरू उठाउँदै आएको छ।






















प्रतिक्रिया दिनुहोस्