विप्लब समुहका जिल्ला सचिव पक्राउ

काठमाडौं । निर्वाचन कार्यक्रमलाई विफल पार्ने गतिविधिमा सलग्न रहेको आरोपमा विप्लब नेतृत्वको नेकपाका डोल्पा जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढा मुड्केचुला गाउँपालिका–३ मा हालै पक्राउ परेका हुन् । निजलाई प्रचलित कानूनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन नजिकिँदै गर्दा उक्त पार्टीले डोल्पा जिल्लाका विभिन्न क्षेत्र तथा स्थानमा निर्वाचन सम्बन्धी विरोधी कार्यक्रमहरु गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्