कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्रीमा रामहरि खतिवडाले अग्रता
काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।
हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्।
त्यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।
खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।







प्रतिक्रिया दिनुहोस्