उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै, अन्यको कति ?
काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन् ।
मिमिडिा सेन्टर दिएको जानकार िअनुसार हालसम्म गणना भएको ३ हजार ४३५ मतमा खुला उपसभापतिमा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । दुई सिटका लागि भएको खुला उपसभापति पदमा अर्का उम्मेदवार मधु आचार्यले एक हजार ९० मत प्राप्त गरेका छन् ।
उनीहरूलाई ९५५ मतसहित सुरेन्द्रराज पाण्डे, ९४१ मतसहित गोविन्द भट्टराई, ७१९ मतसहित धनराज गुरुङले पछ्याइरहेका छन् ।
यस्तैै, दीपक गिरीले ४९७ मत र डा। चन्द्रमोहन यादव २९९ मत प्राप्त गरेका छन् ।
यस्तै, समावेशी उपसभापतिमा ८९६ मतसहित विनोद चौधरीले अग्रता लिँदा ८२९ मतसहितत जीवन परियार पछ्याइरहेका छन् ।
अन्य उम्मेदवारमा फरमुल्लाह मन्सुरले ४६९ मत, ४। रञ्जीत कर्णले २७० मत र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।
२ सिटका लागि भएको खुला महामन्त्री पदको मतगणनामा २ हजार ५५ मतसहित प्रदीप पौडेलको फराकिलो अग्रता कायम भएको छ । दोस्रो स्थानमा एक हजार १५९ मतसहित उदयशमशेर राणा पछ्याइरहँदा डा। सुनिलकुमार शर्माले ९३४ मत, अमरसिंह पुनमगरले ८१९ मत, गुरुराज घिमिरेले ६७८ मत, नैनसिंह महरले ४२८ मत, शंकर तिवारीले ८२ मत र डा। सन्तोष उपाध्यायले ४९ मत पाएका छन् ।
महिला महामन्त्रीमा डा। डिला संग्रौला ९पन्त०ले १ हजार ५१७ मतसहित अग्रता लिँदा महालक्ष्मी उपाध्याय ९डिना० ले १ हजार ३९८ मतसहित पछ्याइरहेकी छन् । रीता खनाल ३६५ मत पाएकी छन् ।








प्रतिक्रिया दिनुहोस्