सभापतिको निर्वाचन परिणाम आयो, अन्यको मतगणना आज दिउँसोबाट सुरु गरिने

काठमाडौं। २४ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मतदान सम्पन्न भएपश्चात लगतै सुरु गरिएको मतगणनाले सभापतिको उम्मेदवार गगन कुमार थापा निर्वाचित भएका छन्, तर अन्य पदाधिकारीहरुको मतगणना भने बाँकी रहेको छ।

सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्नेछ ।

कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ।

१५औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन। जसमा कुल ५४ मत बदर भएको थियो ।

यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका छन् ।्

प्रतिक्रिया दिनुहोस्