कांग्रेसको १५ औं महाधिवेशनमा मतदानको समय थप फेरी थपियो

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।

यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो ।

अहिले उक्त समय पुनस् बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्